नेपाल पुलिस क्लबले चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि हात पारेका छ।
चौतारा टुडिखेलस्थित मिनी रंगशालामा बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
पुलिसले पहिलो सेट, २५ –१६, दोस्रो सेट २५–१८ र तेस्रो से६ २५–२२ ले सहजै आफ्नो पक्षमा पार्यो।
प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले शसस्त्र प्रहरी बलका एपिएफलाई ३–० को सेटमा पराजित गरेको छ।
च्याम्पियन पुलिसले नगद रु ३ लाख रुपैयाँ दोस्रो हुने गण्डकी प्रदेशले रु १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने कोशी प्रदेशले ७५ हजार नगदसहित शिल्ड तथा मेडल पुरस्कार पाएका छन्।
समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री युवाराज दुलालले पुरस्कार वितरण गरेका हुन्। उनले मिनि रंगशाला निमार्ण सम्पन्न गर्न पहल गर्ने बताएका छन्।

