प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने भएको छ ।

नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

शिखा एकेडेमी कोहलपुरको आयोजनामा हुन लागेको यो प्रतियोगिता काठमाडौँ उपत्यका बाहिर पहिलो भएको बताएको छ । शिखा एकेडेमी कोहलपुर प्रालिको आफ्नै परिसरमा रहेको १२.५ मी.–२५ मी. साइजको आफ्नै पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुनेछ ।

पौडीखेलको विकास तथा यस क्षेत्रभित्र रहेका प्रतिभावान पौडी खेलाडीहरुको प्रतिभालाई उजागर गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणी अधिकारीले जानकारी दिए।

चैत २३ गते हुन गइरहेको उक्त प्रतियोगितामा १५ वटा विद्यालयका ६५ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा १७ जना छात्रा तथा ४८ छात्र छन् । पाँचवटा उमेर समुहमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile