काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले किर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरिक्षण गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरिक्षण हुनेछ । समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ । उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरि काम गर्र्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुसपर्नेमा जोड दिनुभएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरि काम भइरहेको र अब नियमित रुपमा मन्त्रालयबाटै निरिक्षणको व्यवस्था मिलाइएको बताउनुभयो । ‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै किर्तिपुरमा भइरहेको कामको निरिक्षण गर्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ ।
गत चैत ७ गते उपप्रधानमन्त्री सि.हले किर्तिपुर पुगेरै निर्माण कार्यको निरिक्षण गर्नुभएको थियो । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले काम गरिररहेको छ ।

