काठमाडौँ, चैत १८ गते । विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनुहुनेछ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा हुनुहुन्थ्यो । उहाँले पिएसए विश्व टुरमा ३३ उपाधि जित्नुभएको छ । यसैगरी उहाँ १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुनुहुन्छ ।

दुई पटक युरोपेली इन्डिभजुयल च्याम्पियन रहिसकेका गोलानले स्पेनको राष्ट्रिय टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व पनि गर्नुभएको छ । सन् २०२३ मा गोलानले खेलाडी जीवनबाट सन्यास लिनुभयो । त्यसपछि उहाँले गोलान स्क्वास एकेडेमीको स्थापना गर्नुभयो । जुन एकेडेमीले युवा खेलाडी उत्पादन र सहयोग गर्ने गर्दछ ।

सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापा मगर पनि प्रशिक्षणमा रहनुभएको छ । ४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफूले नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित नेपालका आएको हुँ, भन्नुभयो । पछिल्ला दुई–तीन वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन, मैले पनि धेरै सिक्ने अवसर पाउनेछु– गोलानल भन्नुभयो ।

नेपाल स्क्वास एन्ड राकेट्स संघका अध्यक्ष धु्रबबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ राम्रो हुने भनाई राख्नुभयो । उहाँले गोलान स्क्वास फाउन्डेसनबाट युरोपका स्तरीय खेलाडीसँग अनुभव दिन नेपाली खेलाडीहरुलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गर्नुभयो ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गोलानको आगमन नेपालका स्क्वास खेलाडीहरुका लागि आप्mनो खेल स्तर बढाउने ठूलो अवसर भएको बताउनुभयो । उहाँले हेटौँडामा सक्वास कोर्ट बनाउने योजना सामेल प्रपोजको कार्य अगाडि बढेको जानकारी दिनुभयो ।

यसैगरी नेपाल स्क्वास एन्ड र्याकेट्स संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडीहरु मात्र होईन नेपाली प्रशिक्षकहरुले पनि धेरै कुरा सिक्ने अपेक्षा गर्नुभयो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile