काठमाडाैँ । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ।

टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीको सामना गर्नेछ। टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने बताइएको छ। टाइम्स टोलीका सदस्य एवम् राष्ट्रिय टोलीका कप्तान सधिश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताए ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीको सफलताको लागि शुभकामना पनि दिए‌।
बास्केटबल संघका अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापाले टाइम्स कलेजका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डे टाइम्स टोलीलाई बिदाइ गरेका थिए। टोली सोमवार भारत प्रस्थान गर्ने बताइएको छ।

टाइम्स बास्केटबल टोली
नविन्द्रर भण्डारी (कप्तान), सधिश प्रधान, विजय बुर्जा, मनिष केसी, सुरज खड्गी, श्रेयश बहादुर शाही, अदृतबहादुर शाही, कमल थापा, छिरिङ थिन्ले

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile