काठमाडौं। पुलिसले लगातार दोस्रो सिजन प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई पुलिसले ६ विकेटले पराजित गरेकाे हाे ।

आर्मीले दिएको १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै १५७ रन बनायो।

पुलिसको जितमा भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ६१ रन बनाए। अमित श्रेष्ठले ३८ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। दीलिप नाथ २१ रनमा अविजित रहे।

आर्मीका तीन विकेट नै शहाब आलमले लिए।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो।

आर्मीका बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रन बनाए। १०४ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरिन्।

कप्तान विनोद भण्डारी २९ र विवेककुमार यादव ११ रनमा आउट भए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पुलिसका करण केसी र सागर ढकालले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशी र गुल्शनकुमार झाको नाममा समान एक विकेट रह्यो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile