काठमाडौं, चैत १५ । अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष ‘प्रचण्ड कप २०८२’ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ।
अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित नगर्न माग गर्दै आफ्ना विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो।
गणतन्त्र दिसको अवसर पारेर प्रचण्ड कप पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको महासंघका महासचिव अन्जन धमलाले जानकारी दिए। प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको महासंघ महासचिव अन्जन धमलाले जानकारी दिए।

