बुटवल । अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको
फाइनलमा प्रवेश गरेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको
प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

चर्च ब्वाइजको जितमा अर्मान्डले ह्याट्रिक गरे । यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे । मच्छिन्द्रका एलेक्स
विलियम्सले सान्त्वना गोल फर्काए । यो गोल केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको मच्छिन्द्रलाई जितका लागि
पर्याप्त भएन ।

डिफेन्डर प्रवेश कटुवालले दिएको क्रसलाई अर्मान्डले हेडर गर्दै गोल गरेका हुन् । त्यसको १० मिनेटपछि
मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा लडाउन पुगे । त्यसैमा प्राप्त
पेनाल्टीलाई अर्मान्डले नै गोलमा गर्दै अग्रता दोब्बर बनाए ।

उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुषालले उपलब्ध गराइदिएको बललाई मच्छिन्द्रका गोलकिपर टोपे

रानामगरलाई बिट गर्दै गोल गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि संकटा क्लबका सृजनराज
गौतमले जर्जियन फुटबल क्लब कालिम्पोबविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।

चर्चले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४–० मा पु¥याए । राजले कर्नरमार्फत दिएको बललाई उनले
भलीमार्फत गोल गरे । मच्छिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा एक गोल फर्काएको थियो ।
एलेक्सले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र
गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन् ।

खेलको ।।।प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे । दोस्रो क्वार्टरफाइनलमा चर्च
ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय
गरेको थियो ।

मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिब क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको भेट
पक्का गरेको थियो । योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ । अब चर्च ब्वाइजले
उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ । एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै
फाइनलको यात्रा तय गरिसकेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश
खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख
१२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile