काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्धको तीन खेलको सिरिज नेपालले एक खेल अगाडि नै जितेको छ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा भइरहेको सिरिजको दोस्रो खेलमा बिहीबार नेपाल १०२ रनको फराकिलो अन्तरले विजयी भएको हो। जितका लागि नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ३०.४ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्र बनाएको थियो ।
यसअघि मङ्गलाबार भएको पहिलो खेलमा नेपालले दिल्लीलाई ५विकेटले हराएको थियो ।
यससँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ ।
सिरिजको अन्तिम खेल शनिबार हुनेछ ।

