काठमाडौँ- बुढानिलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन्।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै च्याम्पियन बनेको हो। निलकण्ठले २५-१५ २५-२३ तथा २७-२५ ले हराउँदै उपाधि जितेको हो। उपाधिसँगै निलकण्ठले दुई लाख पायो भने उपविजेता महालक्ष्मीले एक लाखमा चित्त बुझायो।

पुरुषतर्फ आयोजना ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमा कब्जा जमायो। ललितपुरले पहिलो सेट, २५-१७, दोस्रो सेट, २५-२० र तेस्रो सेटमा २५-१७ ले आफ्नो पक्षमा पार्यो। यस्तै, पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुरले तेस्रो स्थान हासिल गर्यो।

मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६ र २५-२२ काे स्काेरमा हराउँदै तेस्राे भयाे भने महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई हराउँदै तेस्राे भयाे। प्रतियोगिताको विजेताले दुवैतर्फले दुई लाख, उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजारमा प्राप्त गरे।

गत चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile