अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई कारबाही गर्न विश्व फुटबल महासङ्घ (फिफा) देखि विभिन्न निकायमा कारबाही गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

एन्फाको सोमबार र मङ्गलबार अबेर सम्पन्न कार्यसमिति बैठकले फिफाबाट भष्ट्राचार अभियोगमा १० वर्ष प्रतिबन्धमा पर्नुभएका पूर्वअध्यक्ष थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको र फुटबलको हितविपरित अन्य गतिविधि गर्दै आएको भन्दै छानबिन गरि कारबाही गर्नका लागि फिफासँगै एसियन फुटबल महासङ्घ (एएफसी) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको हो ।

यस्तै एन्फा बैठकले आगामी वर्ष २०८१/२०८२ को अनुमानित बजेट एक अर्ब ५६ करोड ३२ लाख हुने निर्णय गरेको छ । उक्त निर्णय एन्फाको आगामी वैशाख २६ गते हुने साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । वैठकले आगामी वर्ष २०८१/२०८२ को लेखा परिक्षण आगामी साधारणसभाबाट पास गर्ने, अष्ट्रेलियाका म्याट रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने, पियुष न्यौपानेलाई एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यस्तै वैठकले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile