काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित निकालेको छ। कोलकाताले राजस्थानमाथि ८ विकेटको जित निकालेको हो।
राजस्थानको घरेलु मैदान गुवाहाटिमा कोलकाताले १५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन जोडे। शतक बनाउँन ३ रनले पछि रहेका उनले ६१ बलमा ८ चौका र ६ चौका प्रहार गरे।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकाता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ।

