ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ। मंगलबार क्वाटफाइनलका खेल सम्पन्न भएसँगै अन्तिम चार पुग्ने सबै टाेलीकाे टुंगाे लागेकाे छ। जसमा ललितपुरका दुवै टाेलीले सेमिफाइनल यात्रा तय गरे।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटरफाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो।

महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई २–१ को स्कोरमा हरायो। पहिलो सेट १८–२५ ले गुमाएको महालक्ष्मीले त्यसपछि दुई सेट २५–२२ र १५–९ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो।

यस्तै अर्काे खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१४, २२–२५ र १५–१२ को स्कोरले हरायो।

महिलातर्फ सेमिफाइनलमा अब महालक्ष्मीले बिगु गाउँपालिका तथा ललितपुर महानगरले निलकण्ठ नगरपालिकाको सामना गर्नेछ। पहिलो सेमिफाइनल बिहान ८ बजे र दोस्रो सेमिफाइनल १० बजेबाट सुरु हुनेछ।

यस्तै पुरुषतर्फ सेमिफाइनलमा मेलुङ गाउँपालिकाले महाङकाल गाउँपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा आयोजक ललितपुर महानगरले मन्थली नगरपालीका ए रामेछापको सामना गर्नेछ। पहिलो सेमिफाइनल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल २:३० बजे हुनेछ।

यसअघि ललितपुरले मन्थली बी लाई २५–१९, २१–२५, २५–१३ र २५–१५ को स्कोरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा मन्थली बी ले दुप्चेश्वर गाउँपालिकालाई २५–१८, १८–२५, २५–१९, २५–२७ तथा १५–१३ को स्कोरले पराजित गर्यो।

मेलुङले बागमती गाउँपालिका ललितपुरलाई २५–२२, २५–२१ र २९–२७ को स्कोरमा हराउँदै ३–० को सोझो सेटमा पराजित गर्यो।

अन्तिम क्वाटरफाइनलमा महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई ३–० को सेटमा हरयो। पहिलो सेट, २५–२२, दोस्रो सेट २५–२० तथा अन्तिम सेट २५–११ को स्कोरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

जारी बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेकाे छ।

प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।

नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile