काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ।

तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भयो।

सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेट्रान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो। यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ ले हराएको थियो।

उक्त विजयी टिम फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिमसँग पराजित भयो। यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो। मञ्चको जितमा शिशिर जंग बस्नेतले दुवै गोल गरे। उनले पहिलो र दोस्रो हाफमा एक एक गोल गरे। दोस्रो गोल भने पेनाल्टीमार्फ गर्न सफल भए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile