ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित बागमती प्रदेश अन्तर पालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन ६ खेल भएको छ। जसमा आयाेजक ललितपुर महानगरका महिला तथा पुरुष दुवै टाेलीले आ-आफ्नाे खेलमा जित हासिल गरेका छन्।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आइतबार महिलातर्फ दुई र पुरुषतर्फ तीन खेल सम्पन्न भएको हो।

महिलातर्फको पहिलो खेलमा महालक्ष्मी नगरपालिका ललितपुरले निलकण्ठ नगरपालिका धादिङलाई २–१ को सेटमा हरायो। पहिलो सेट २५–१३ ले जितेको निलकण्ठले दोस्रो सेट २७–२५ ले गुमाएपछि खेल तेस्रो सेटमा पुगेको थियो। जसमा महालक्ष्मी १५–१२ को स्कोरमा विजयी भयो।

महिलातर्फको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकलाई २५–१३, २५–९ को स्कोरमा हराउँदै विजयी सुरुआत गर्यो।

यस्तै, पुरुषतर्फ महांकाल गाउँपालिका ललितपुरले पंञ्चकन्या गाउँपालिका नुवाकोटलाई २५–२०, २५–२० को स्कोरमा हरायो।

दोस्रो खेलमा ललितपुर महानगरपालिकाले मेलुंग गाउँपालिका दोलखालाई २५–१८, २५–१९ को स्कोरमा पराजित गर्यो।

तेस्रो खेलमा खाडाँदेवी गाउँपालिका रामेछापले पनौती नगरपालिका काभ्रेलाई २५–१४, २९–२७ ले पराजित गर्दै विजयी सुरुआत गर्यो।

चौथो तथा दिनको अन्तिम खेलमा गल्छी नगरपालिका धादिङ मन्थली नगरपालिका रामेछापसँग १६–२५, १०–२५ ले पराजित भयो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile