इन्डियन प्रिमियर लिग (आइपिएल) करिअरको पहिलो शतकसँगै सनराइजर्स हैदरावादले सानदार सुरुआत गरेको छ।
आइतबार सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो। यो नतिजासँगै हैदरावादले दुई अंक जोडेको छ। हैदरावदले दिएको २८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४२ रन मात्रै बनाउन सक्यो।
राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए। ३५ बल खेलेका उनले पाँच चौका ६ छक्का प्रहार गरे। सन्जु साम्सनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन बनाए। यद्यपिय, यी दुईको इनिङ्स जितका लागि पर्याप्त रहेन।
शिमरोन हिटमायर ४२ रनमा आउट हुँदा शुभम दुबे ३४ रनमा अविजित रहे। हैदरावादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट रहे। मोहम्मद सामी र एडम जाम्पाको नाममा समान एक विकेट रह्यो।
त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको थियो।
हैदरावादले आइपिएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो। गत वर्ष पनि हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध २८७ रनको कीर्तिमान बनाएको थियो।

