काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकोमा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीेले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् । “बधाई नेपाली खेलाडिहरु, नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ”, उनले लेखेका छन्।
नेपालले २६ वर्षपछि सिङ्गापुरविरुद्ध अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जीत निकालेको थियोफ। सिंगापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले पराजति गरेको थियो ।

