विभागीय टोली एपिएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गरेको हो। अब एपिएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्ने छ। यी दुईको खेल सोमबार हुनेछ।

एपिएफ र रुपेन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो। तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आज खेलाइएको हो। तर, एपिएफलाई अन्तिम चारमा पुर्‍याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए।

युवराज खड्काले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार रुपन्देहीका ड्यानियल सेगुन सिमोन्डले चेस्टिङ गर्दै बचाएका थिए। तर, राम्रोसँग बल क्लियर हुन नसक्दा राइट ब्याक जीवन गुरुङतर्फ पुगेको थियो। उनले पनि राम्रोसँग क्लियर गर्न सक्दा हरिले सेकेन्ड बारको टप कर्नरमा गोल गरेका हुन्।

खेलको ‘प्लेयर अफ द म्याच’ भने एपिएफका गोलकिपर विशाल गुरुङ घोषित भए। उनले नगद ११ हजार १११ रुपैयाँ प्राप्त गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile