धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।

धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग एनएसएल तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको हो।

उनले विभिन्न देशहरुको लिगमा आफ्नो छाप छो्न सफल भएका छन्। नेपालमा आएर फुटबल खेल्ने उनी पहिलो ब्राजिलियन खेलाडी हुन्। सर्जियो बार्बोजाले ब्राजिलको फ्लामेङ्गो यू–२० टोलीबाट खेलिसकेका छन्।

उनले कोस्टारिकाको प्रिमेरा डिभिजन क्लब लिमोन एफसी, ग्वाटेमालाको कम्युनिकासियोनेस बी टोली, हन्डुरासको जुतीकाल्पा एफसी, लाओसको मास्टर ७ एफसी, कम्बोडियाको प्रेह खान रिच स्वाई रिएङ एफसी माल्टाको जेइटुन कोरिन्थियन्स एफसी, संयुक्त राज्य अमेरिकाको नोना एफसीबाट खेलिसको छन्।

छिमेकी देश भारतबाट विभिन्न क्लबबाट पनि उनले व्यवसायिक फुटबल खेलिसको छन्। उनले भारतको मिनर्भा पञ्जाब एफसी, दिल्ली एफसी र राजस्थान युनाइटेड एफसीबाट ईन्डियन सुपल लिग खेलिसकेको अनुभव छ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले भने, –‘हामी सर्जियो बार्बोजालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं। उनको अनुभव र कौशलताले हाम्रो टोलीलाई बलियो बनाउनेछ र समर्थकहरूलाई रोमाञ्चक खेल प्रदर्शन गर्नेछ।’

धनगढी एफसीले यसअघि विदेशी खेलाडीको रुपमा अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनीलाई अनुबन्ध गरिसकेका छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile