आजबाट सुरु भएको इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा साबिक विजेता कोलकत्ता नाइट राइडर्सले जीतका लागि रोयल्स च्यालेन्जर्स बेंगालुरुलाई १७५ रनको लक्ष्य दिएको छ।
इडन गार्डेन मैदानमा बेंगालुरुले टस जीतेर फिल्डिङ रोजेको थियो।
कोलकत्ताको लागि कप्तान अजंके राहानेले सर्वाधिक ५६ रन बनाए। सुनिल नारायणले ४६ रन बनाए। रिंकु सिङ १२ रनमा आउट भए।
बेंगालुरुका लागि क्रुन्याल पान्ड्याले ३ विकेट लिए। त्यस्तै जोस हेजलउडले २ विकेट लिए।

