काठमाडौं । अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा खेलको ६८औँ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक बन्यो।
यो नतिजासँगै अर्जेन्टिनाको दक्षिण अमेरिकी विश्वकप छनोटमा १३ खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ। त्यसै उरुग्वेको भने १३ खेलमा २० अंक जोडेर चौथो स्थानमा छ।
अब अर्जेन्टिनाले आफ्नै घरेलु मैदानमा आगामी बुधबार ब्राजिलसँग खेल्नेछ।

