काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही ९ गते हुने मिष्टर धर्मश्रीको प्रिजजिङ्ग राउण्ड सम्पन्न भएको छ ।

आज भएको प्रिजजिङ्ग राउण्डबाट ६० केजी तौल तर्फ नेपाल ब्यायाम मन्दिरका सुरेन्द्र प्रसाद वर्मा, रत्नश्री जिम, पोखराबाट सुजन थापा, उज्जल जिम भक्तपुरबाट नरेश दिवाकर, नर्भ द फिटनेशबाट सिद्धान्त जस रोटिया, मेटल फिटनेश कागेश्वरीबाट किशन दास दिवाकर र बि एण्ड एल फिटनेश स्टोशनबाट धर्मराज खापुङ्ग अन्तिम चरणक लागि छनौट भएका छन् ।

त्यस्तै ६५ केजीमा डेयर टु फिट जिमाबाट अजय मलिक, नेपाल ब्यायाम मन्दिरबाट सुरेश मुनिकार, मिस्का फिटनेश क्लबबाट माधव सुवेदी, कलंकी जिमबाट मिलन राई, ब्यायाम मन्दिरबाट क्षितिज थापा र भूमी जिम एण्ड फिटनेशबाट नवराज दुम्रे छनोट भएका छन् ।

७० केजी तौल समूहमा छनौट हुन सफल खेलाडीहरुमा नेपाल ब्यायाम मन्दिरका अतिश बज्राचार्य र आशिष देवा, टोटल फिजिकल फिटनेशबाट कविराज कटुवाल, प्लाटिनम फिटनेशबाट दीप जंग रोका मगर, यु.आर. फिटनेशबाट उपेश सापकोटा र मसल्स एण्ड फिटनेशबाट अशिम बाबु गुरुङ्ग रहे ।
७५ केजीमा ब्यायाम मन्दिरका मनोश श्रेष्ठ, प्लाटिनियमका विनोद सुनार र सन्तोष श्रेष्ठ, सुपर फिटनेशका ब्रिखमान गुरुङ्ग, कोको फिटनेशका पुष्प संकर र चितवन फिजिकल फिटनेशका मरिच मान लामा रहेका छन् ।

८० केजीमा ब्यायाम मन्दिरका आदित्य ठाकुर र संजीव श्रेष्ठ, र फिटनेशका अनिष थापा, आईरन जिमका शिषिर थापा मगर, मत्स्य नारायण रिक्रियशन सेन्टरका बिक्रम गोपाली र ग्यालेक्सी फिटनेशका ललित धिमाल रहेका छन् । यस्तै ८० केजी माथिको तौलमा ब्यायाम मन्दिरका ग्रेश महर्जन र सुबाश श्रेष्ठ, गोर्खाली फिटनेशका उमेश राई, पावर फिजिकल फिटनेशका सागर श्रेष्ठ, किङ्गस अफ फिटनेशका कुशल प्रसाद गुरुङ्ग र इगल फिटनेश एण्ड जिमका राम सरण महर्जन रहेका छन् ।

प्रत्येक तौल समूहको विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख पाप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

महिला खुला तर्फ पाटन जिमकी रिपु घर्ती, कम्पिल्टि हेल्थ क्लबकी शान्ता पालिखे, डिभाईन फिजिकल फिटनेशकी शिला ठकुरी र उर्मिला श्रेष्ठ, क्लब डिस्पिराडोकी तारा खाइजु र प्लाटिनियमकी सोफिया कार्की शाहले अन्तिम चरणमा स्थान बनाएका छन् ।

मास्टर्स खुला तर्फ नेपाल ब्यायाम मन्दिरका सुरज श्रेष्ठ, कृष्ण सिंह शाही, किशोर शाही र राजकुमार राई तथा काठमाण्डौ जिमबाट राज कुमार शाही र फिटनेश फयाक्ट्रिबाट खिमलाल पुन छनौट भए ।

पुरुष स्पोर्टस फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेशका आकाश श्रेष्ठ, एनआरके फिटनेशका रोहित थापा, आर्मी क्लबका रमेश फोम्बो, एनवाइएफसीका निरल थापा, गोल्स जिमका श्रीजन महर्जन र आइरन पाराडाईज फिटनेशका ज्ञानेश्वर चौधरी तथा १७० माथिको समूहमा गोल्डस जिमका रमन तुलाधर, मसल्स एण्ड फिटनेशका औतार श्रेष्ठ, फिट टु फिटनेशका लक्ष्मी दत्त पन्त, एक्पोज जिमका पुकार शाक्य, ब्यायाम मन्दिरका शिभ कुमार सिंह, र आरएनएफसीका नुर बहादुर कुँवरले पनि अन्तिम चरणमा स्थान पक्का गरे ।

त्यसैगरी तौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष नारायण प्रधानले बताए । त्यसैगरी मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् । यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ । फाईनल चरण भोली दिनको ठिक १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम रहेको छ ।

हालसम्मका धर्मश्री विजेताहरु :

१) टिम इभेन्ट्समा बिजेता २०४२
२) टिम इभेन्ट्समा बिजेता २०४३
३) रविन्सन शाक्य २०५०
४) सागर ताम्राकार २०५३
५) लाल बाहादुर गुरुङ्ग २०५४
६) जिवन गिरी २०५५
७) नरेश महर्जन २०५७
८) हरिश श्रेष्ठ २०५८
९) नरेश महर्जन २०५९
१०) सानु गुरुङ्ग २०६२
११) सानु गुरुङ्ग २०६४
१२) लोकेन्द्र परियार २०६८
१३) महेश्वर महर्जन २०७१
१४) अर्जुन वर्णवाल २०७३
१५) मिलन विक्रम सिजापति २०७५
१६) उमेश राई २०७९

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile