काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले मधेशविरुद्ध २२० रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ गर्दै कर्णालीले २ सय १९ रनको बनाएको हाे
कर्णालीका लागि निरन्तर दोस्रो खेलमा अर्धशतक बनाएका दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे ।
प्रकाश जैशी ३७ बलमा २०, रविन्द्र जंग शाही १४ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान दिवान पुन २० बलमा १८ रनमा नट आउट रहे ।
मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।

