काठमाडौं। नेपालले यस वर्ष सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) का दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।

काभाले बिहीबार सार्वजनिक गरेको २०२५ को क्यालेन्डरअनुसार नेपालले काभा वुमेन्स नेसन्स लिग र काभा वुमेन्स च्याम्पियन्स लिग आयोजना गर्ने भएको हो।

काभाका अनुसार नेसन्स लिग ११ देखि १७ अक्टोबरसम्म हुनेछ। च्याम्पियन लिग भने १ देखि ७ डिसेम्बरसम्म आयोजना हुनेछ। यी दुवै लिग काठमाडौंमा हुने तय छ।

नेपालले गत वर्ष काभा वुमन्स नेसन्स भलिबल लिग र काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको नेसन्स लिगको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा भारतको क्यालिकट हिरोजले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile