काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् ।
नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ ।
अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन् । दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्
पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ ।

