काठमाडौँ – इंग्ल्याण्डका अनुभवी डिफेन्डर एडम मिटरनेपाल आइपुगेका छन्। ३२ वर्षीय मिटरले संन्यास तोड्दै बुटवल लुम्बिनी एफसी बाट नेपाल सुपर लिग खेल्ने भएका छन्।
मिटरले आफ्नो खेल जीवनमा ११ विभिन्न देशका १५ लिगमा खेलेका छन्। २४ क्लब खेलिसकेका मिटरले २०१ भन्दा बढी खेल खेल्दै १४ गोल गरेका छन्। उनी इन्डोनेसियन लिगमा “किङ” को उपाधि पाएका खेलाडी हुन्।
मिटरको खेल यात्रा:
खेल खेलेका देशहरू:
-इंग्ल्याण्ड– केटरिङ टाउन, वारिङ्गटन टाउन, बारो, कोरोली
-स्कटल्याण्ड– हाइबरनियन
-स्विडेन– एंगे आईएफ
-अष्ट्रेलिया– वेस्ट टरेन्स बिर्कल्ला
-फिलिपिन्स– लोयोला मेराल्को, इलोकस युनाइटेड, ग्लोबल सेबु
-भारत– फतेह हैदराबाद
-सिंगापुर– होउगाङ युनाइटेड
-क्यानडा– भ्यालर एफसी
-इन्डोनेसिया– पर्सिराजा बान्डा आचे, पर्सिता टाङ्गेराङ, पिएसएम माकास्सार, नुसान्तारा युनाइटेड
-थाइल्याण्ड– रयङ, पटाया युनाइटेड, क्राबी
-वेल्स– बाला टाउन, कोल्विन बे
बुटवल लुम्बिनी एफसीका व्यवस्थापक नविन चित्रकार का अनुसार मिटरको आगमनले क्लबलाई मजबुत बनाउनेछ। अनुभवी डिफेन्डरको नेतृत्व गुणले टिमलाई ठूलो मद्दत गर्ने विश्वास गरिएको छ।
मिटरको आगमनसँगै बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

