काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को लक्ष्य ३९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले। उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। उनीसँगै छैटौं विकेटका १०४ रनको शतकीय साझेदारी गरेका सुमितको ब्याटबाट ३४ रन बन्यो। उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहँदै विजयी इनिङ्स खेले।

एपीएफका ओपनरद्वय लोकेश बम र आशिफ शेखले क्रमशः २२ र २५ रन बनाए। कप्तान रोहित पौडेलले २२ रन बनाए। सन्दीप जोरा र भुवन कार्कीले समान ६–६ रन बनाए। कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २–२ विकेट लिए। प्रकाश जैशीले १ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए। उनले ७५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका हुन्। प्रकाश जैशीले २०, अर्जुन घर्तीले १०, दिनेश अधिकारीले ३३ रन बनाउँदा कप्तान दिवान पुनले १२ रन बनाए। दिपेन्द्र रावत ३० रनमा अविजित रहे।

एपीएफका लागि बायाँ हाते स्पिनर अभिषेश गौतमले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चिए। कमल सिंह ऐरीले ३ विकेट लिँदा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहोराले सर्वाधिक १–१ विकेट लिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile