काठमाडौं । नेपाल एडभेन्चर रनिंग महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । आईतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।

महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय गरी ३ सय खेलाडीको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिए ।

महिला÷पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नुवकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशुली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देबीघाट पुल हुँदै पवित्र तिर्थ स्थल, देबीघाट बजारमा पुगेर समाप्त हुने बताईएको छ ।

ईच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिंग महासंघ सातदोबाटो, नुवकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाईनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।

कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, बिदुर नगरपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका, उत्तरगाया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए ।

 प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा नीजि क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रबिन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile