झापाको काँकडभिट्टामा समपन्न पाँचौ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज क्लब काठमाडौँले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो।

उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गर्यो। उपविजयी बनेको आयोजक काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो। जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरे।

फाइनल खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ हुनुभयो उहाँले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित हुँदै नगद ५१ हजार प्राप्त गरे।

सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक हुनुभयो उहाँहरुले जनही नगद २५ हजार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ, गोलरक्षक टिकेन्द्र थापा भए।

यसैगरी, उत्कृष्ट डिफेन्स आयोजकका दिवस भए। सबैले जनही २१ हजार रुपियाँ प्राप्त गरे। यसैगरी उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए उहाँले नगद १५ हजार प्राप्त गरे।

प्रतियोगितामा विजयी तथा उपविजयी टिमलाई प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश सांसद गोपाल तामाङ, आयोजक समितिका संयोजक श्रीप्रसाद मैनाली लगायतले नगद तथा ट्रफी प्रदान गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile