नेपाल रग्बी संघ र अन्तर्राष्ट्रिय चाइल्ड फन्डको आयोजनमा दुई दिने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ कार्यक्रम सम्पन्न भएको छ।

काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनक मा.विघालयमा विघालयमा बिहिबार उक्त कायर्क्रम सम्पन्न भएको हो। नमोबुद्ध नगरपालिका र राष्ट्रिय खेलकुद परिष्दको विशेष सहयोग रहेको उक्त कार्यक्रमको उद्देश्य महिलाहरूको नेतृत्व विकास रहेको नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिसा थापाले बताइन्।

उनका अनुसार खेलको मध्यमबाट महिलाहरूको नेतृत्व विकास र स्थानीयबाट अन्तर्राष्ट्रिय स्तरसम्म अवसर प्रदान गर्नेछ। कार्यक्रमकाे उद्घाटन समारहाेमा नमोबुद्ध नगरपालिका मेयर कुनसाङ लामा, प्रमुख प्रशसिय अधिकृत कृष्ण गिरि तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनवारकाे उपस्थित थियाे।

उक्त कार्यक्रममा देशभरबाट रग्बी खेलका खेलाडीहरूलगायत ४० जना महिलाले सहभागिता रहेको थियो। बिहिबार कार्यक्रकाे समापन नेपाल रग्बी संघका वरिष्ठ उपाधयक्ष चेतन राज गिरिले गरे।कार्यक्रकाे फाेकल पर्सन काे रुपमा नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिसा थापा रहेकि थिइन् भने सहजकर्ताकाे रुपमा नेपाल रग्बी संघकाे बोर्ड सद्स्य कामना गिरि रहेकि थिइन्।

यस कार्यक्रममा सहभागिता रहेका ४ जना लिडरलाई छनाेट गरेर त्यसबाट उत्कृष्ट एक जनालाई छनाेट गरेर बिश्व रग्बीले आयाेजना गर्ने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ फाेरममा २०२५ मा सहभागीता हुने अवसर प्राप्त गर्ने छन्। नेपाल रग्बी संघले महिला खेलाडी उत्पादन गर्न र नेतृत्व विकासको लागि विभिन कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile