काठमाडौं । एन्फा महिला लिगको फाइनलमा आज (बुधबार) साविक विजेता एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।
यस प्रतियोगितामा एपिएफ अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने पुलिस अर्को रोमाञ्चक नतिजा आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ।
यसअघि एपिएफले पहिलो क्वालिफायरमा आर्मीलाई २-१ ले तथा पुलिसले दोस्रो क्वालिफायरमा आर्मी सडनडेथमा हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको हो।

