काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स आइतबार सम्पन्न भएको छ।

नेपाल विद्यालय खेलकुद महासंको प्रशिक्षण हल त्रिपुरेश्वरमा शनिबार र आइतबार सञ्चालन भएको कोर्समा सात प्रदेश र तीन विभागीय टोलीका गरी १२५ जनाले सहभागिता जनाएका थिए।

सो कार्यक्रममा आईटीएफ नेपालका उपाध्यक्ष राज मन्दिर श्रेष्ठ, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक उमेश राजथला, कोशी प्रदेश आईटीएफका केन्द्रीय सदस्य तथा सहायक प्रशिक्षक राजेन्द्र धिमालले प्रशिक्षण दिएका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile