नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब आमने सामने हुने छन् । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा हुने छ ।

अहिलेसम्म सेमिफाइनलमा सङ्कटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मङ्गलवार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्ने छ ।
सोमबार भोलि भने फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र आमने सामने हुने छन् ।

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile