काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो। माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ। यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ।

प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, टिप टप डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।

यस्तै पत्रकार सम्मेलनमा डिएभीका सह-प्रध्यानध्यापक रामचन्द्र खनाल, प्रतियोगिता डाइरेक्टर पुर्नेन्दु घोष र प्रतियोगिताका टेक्निकल हेड रवीन्द्र गुप्तालगायतको उपस्थिति थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile