काठमाडौँ- थप गरिएको अन्तिम मिनेटमा गोल गर्दै मछिन्द्र सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपिएफलाई १-० गोलले पराजित गरेको हो।

मछिन्द्रको जीतमा सनिष श्रेष्ठले निर्णायक गोल गरे।

नेपाली फुटबलमा सबैभन्दा धेरै एक्सपोजर पाएका खेलाडी विमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन्। अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए।

यसअघि चर्च बोइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile