राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको  छ ।

५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई बिदाइ गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख भोजानन्द राई, पूर्व विभागीय प्रमुख एवं खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेत, विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच मल्ललाई बिदाइ गरे ।

अधिकृत प्रथम श्रेणीबाट अवकास प्राप्त मल्ल २०५३ साल असोज ४ गते राखेप सेवामा प्रवेश गरेका थिए । मल्लले आफ्नो सेवा अवधिमा तत्कालीन सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा खेलकुद विकास विभागमा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । २०८० साल असोजमा ३ सय ४२ जना कर्मचारीको बढुवा हुँदा मल्लको पनि विशेष योदान थियो ।

बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले अनिवार्य अवकास नियमित प्रकृया भएको बताउदै मल्लले आफूलाई दिएको जिम्मेवारी राम्ररी निर्वाह गरेको बताए ।

मल्लले सबै कर्मचारीबाट सहयोग पाएको बताउदै सबैप्रति आभार व्यक्त गरे । राखेपले मल्लको स्थानमा गत पुस २९ गते भोजानन्द राईलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिसकेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile