काठमाडौं। नेपाललाई अष्ट्रेलियाले आइसिसी यु–१९ विश्वकपअन्तर्गत जीतका लागि १४० को लक्ष्य दिएको छ।
वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै सिमनाको नाममा दुई र रियाले एक विकेट लिए।

