काठमाडौं। झापा–११ एफसी भारतको सिक्किममा आयोजित १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको च्याम्पियन बनेको छ। झापा ११ ले फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्यो।

सिक्किमको जोरथाङ रंगशालामा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई २–० ले हराउँदै झापाले उपाधि जितेको हो।

झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले १-१ गोल गरे।

उपाधिसँगै झापाले २० लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइज युनाइटेडले १० लाख रुपैयाँ हातमा चित्त बुझायो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile