काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौँ माभ्रिकिसले हिमालायन रेडर्सविरुद्ध सहज जीत निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा काठमाडौँले हिमालायनलाई ५६ – ३४ अंकले पराजित गरेको हो।
पहिलो हाफ काठमाडौँले ३६-१३ ले आफ्नो पक्षमा पारेको थियो।
एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
काठमाडौँ माभ्रिकिसको टोलि : घनश्याम रोका मगर {कप्तान} ,सागर चौधरि, लाल मोहर यादव, मिजानुर राहमान [बि], साहारत पेच्छुई [बि],रोइनग्रोम च्याटाउरोहसिन [बि], सोहिल स्लाम, मेघराज गिरि, दुर्गेश्वर कोइरि, राहुल कुमार रे, एलेक्स साहनी, प्रमोद श्रेष्ठ, भोला यादव र विनय कुमार कोइरि। मुख्य प्रशिक्षक- अलोक सिंह र सहायक प्रशिक्षक – सरोज कुमार सिंह ।
हिमालायन रेडर्सको टोलि: गणेश भण्डारि [कप्तान], खगेन्द्र राज जोशि,नविन देउवा,इस्रार खान, सरोज अधिकारि, मोबाराक मिया, कुमार लामा,राकेश यादव, आकाश मल्ल, राहुल अर्याल, मोहमद साहान[बि], रोमन होसिन [बि], ओटाया ओदोरो [बि] र जर्ज इम्बुवा [बि]। मुख्य प्रशिक्षक- सतिस कुमार र सहायक प्रशिक्षक सन्दिप पन्त र मेन्टर डा. रमेश बेन्डिगिरि