काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ।

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो।

बाक्लो हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो।

कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। आर्मीका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन जोडिन्। उनले २३ बलमा ५ चौका प्रहार गरिन्।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile