काठमाडौँ । महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा आज नेपालले पहिलो जीतको खोजी गर्दै स्कटल्याण्डको सामना गर्दैछ।

मलेसियामा जारी विश्वकपको यस खेल नेपाली समयअनुसारदिउसो १२:१५ बजेदेखि हुने छ।

यस प्रतियोगितामा दुवै टोलि पहिलो जीतको खोजीमा रहेका छन्। नेपालले बंगलादेशसँग हार बेहोरेको थियो भने स्कटल्याण्डले अस्ट्रेलियासँग हार बेहोरेको थियो। विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न आवश्यक छ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।

नेपाली टोलि:
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *