काठमाडौँ- केलियन एम्बाप्पे चम्किएको खेलमा रियल मड्रिडले शानदार जीत निकालेको छ।

स्पेनिस ला लिगाको २०औ चरणको खेलमा रियलले आफ्नो घरेलु मैदानमा लास पाल्मसलाई ४-१ गोलले पराजित गरेको हो।

रियलको जीतमा एम्बाप्पेले २ गोल गर्दा ब्राहिम डियाज र रोड्रिगोले समान १-१ गोल गरे।

जीतपछि रियल २० खेलबाट ४६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४४ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *