काठमाडौँ- एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजना भइरहेको ‘केबी साम नेपाल कबड्डी लिग’ मा हिमालयन रेडर्सले पहिलो जीत निकालेको छ। हिमालयनले पहिलो खेलमा जनकपुर नाइट्ससंग पराजय व्यहोरेको थियो।
काठमाडौँको राखेपको कभर्ड हलमा भएको खेलमा हिमालयनले पोखरा लेकर्सविरुद्ध ३४-३० अंकले नतिजा आफ्नो पक्षमा पार्यो।
पोखराको यो लगातार दोस्रो पराजय हो। पहिलो खेलमा पोखरा काठमाडौँसंग पराजित भएको थियो।
एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
हिमालायन रेडर्सको टोलि: गणेश भण्डारि [कप्तान], खगेन्द्र राज जोशि,नविन देउवा,इस्रार खान, सरोज अधिकारि, मोबाराक मिया, कुमार लामा,राकेश यादव, आकाश मल्ल, राहुल अर्याल, मोहमद साहान[बि], रोमन होसिन [बि], ओटाया ओदोरो [बि] र जर्ज इम्बुवा [बि]। मुख्य प्रशिक्षक- सतिस कुमार र सहायक प्रशिक्षक सन्दिप पन्त र मेन्टर डा. रमेश बेन्डिगिरि।
पोखरा लेकर्सको टोलि : प्रदिप मिजार {कप्तान} सुसिल राम लुहार, भुवन बोहोरा विरेन्द्र कुवर कमल गिरि सन्देश तामाङ जितेन्द्र अवस्थि रोसन श्रेष्ठ रविन कुवर नागेश्वर थारु सर्मन प्रजापति भुपेन्द्र बोहोरा मोनिरुल चौधरि [बि] र साबुज मिया [बि]। मुख्य प्रशिक्षक- विष्णु दत्त भट्ट र सहायक प्रशिक्षक – राजाराम पेरियापुलियान ।

