काठमाडौँ-  एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजना भइरहेको ‘केबी साम नेपाल कबड्डी लिग’ मा काठमाडौँ माभ्रिक्सले विराटनगर ब्यान्डिट्सले लगातार दोस्रो जीत निकालेको छ।

पहिलो हाफ विराटनगरले २६-१९ ले आफ्नो पक्षमा पारेको थियो।

जीतपछि २ खेलबाट विराटनगरले १० अंक जोडेको छ। एक जीत र एक हार व्यहोरेको काठमाडौँको ५ अंक रहेको छ।

विराटनगर ब्यान्डिट्सको टोलि: राजु बाबु यादव,सुरज बोहोरा,मिराप थापा मगर, कल्यान भुजेल {कप्तान}, भिसाल चौधरि, सतिस कुमार कुर्मि,अमित कुमार राजभर,सुमित महतो,शुसिल छुनारा, घनश्याम यादव, तिलब गुरुङ, विनय गोसाइन, पोन्टाइसोन नोपाधोन [बि] र रट्टानाकोन योसुङग्वान [बि] । मुख्य प्रशिक्षक- लोक बहादुर विष्ट र सहायक प्रशिक्षक सतिस नयाका

काठमाडौँ माभ्रिकिस को टोलि: घनश्याम रोका मगर {कप्तान} ,सागर चौधरि, लाल मोहर यादव, मिजानुर राहमान [बि], साहारत पेच्छुई [बि],रोइनग्रोम च्याटाउरोहसिन [बि], सोहिल स्लाम, मेघराज गिरि, दुर्गेश्वर कोइरि, राहुल कुमार रे, एलेक्स साहनी, प्रमोद श्रेष्ठ, भोला यादव र विनय कुमार कोइरि। मुख्य प्रशिक्षक- अलोक सिंह र सहायक प्रशिक्षक – सरोज कुमार सिंह ।

एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *