काठमाडौं। १४ औं संस्करणको कँडेल कप फागुन अन्तिम साताबाट सुरुहुने भएको छ।

अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता आगामी फागुन २४ र २५ गते हुन लागेको हो।

प्रतियोगिताका सम्पूर्ण खेल मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा आयोजना हुनेछ। यो संस्करणमा कुल ४० टोली सहभागी हुनेछन्। खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५ सय डलर पाउने छन्। ३५ वर्षमाथिका समूहको विजेताले २५ सय र उपविजेता टोलीले एक हजार डलर पाउने छन्। त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही २०० डलर प्राप्त गर्नेछन्। फेयर प्ले अवार्ड जित्ने टोलीलाई पनि २०० डलर दिइने छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *