काठमाडौं। विल्सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विल्सन सिनियर ब्वाइज, कश्यप जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्स च्याम्पियन बने । तीनै टोली प्रतियोगिताको नयाँ च्याम्पियन हुन् ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ को साँघुरो अन्तरले पराजित ग¥यो । विल्सनको जितमा रेहान डंगोलले १९ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा एलेन लामाको १३ अंक सहयोगमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ झीनो अन्तरले हरायो । कश्यपका एलेन लामाले १३ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसीसीएसलाई ३५–२६ ले पाखा लगायो । खेल दुईपटक अत्तिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रेहान, एलेन र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गल्र्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, एसोसिएट निर्देशक प्रा.डा. मनोजकुमार थापा, शैक्षिक निर्देशक प्रा.डा रमेशप्रसाद भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile