काठमाडौँ- एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजना नेपालमा आजबाट सुरुभएको ‘केबी साम नेपाल कबड्डी लिग’ मा बलियो टोलि काठमाडौँ माभ्रिकिसले सुखद सुरुवात गरेको छ।
राष्ट्रिय टोलिका अनुभवि कप्तान घनश्याम मगरको नेतृत्वमा रहेको काठमाडौँले पोखरा लेकर्सविरुद्ध पहिलो हाफमै दुईपटक अलआउट गरिदिएको थियो। काठमाडौँका घनश्याम रोका मगर खेलका प्लेयर अफ द म्याच घोषित भए।
राखेपको कभर्ड हलमा भएको उद्घाटन खेलमा काठमाडौँले पोखरा लेकर्सलाई ४२ -४१ अंकको साघुरो नतिताका साथ पराजित गर्दै विजयी सुरुवात गर्न सफल भयो।

पहिलो हाफमा काठमाडौँले २५ – १४ ले अग्रता बनाएको थियो। तर दोस्रो हाफमा पोखराले उत्कृष्ट कमब्याक गर्दै ३६ – ३६ को अवस्थामा पनि पुर्याएको थियो। त्यसपछि खेलमा ४० – ३७ को अग्रता पनि लिएको थियो। तर त्यो अग्रतालाई भने पोखराले कायम राख्न सकेन्।
यो जीतपछि काठमाडौँले लिगमा ५ अंक बटुलेको छ। पराजित पोखरा अंकविहिन रहेको छ।

काठमाडौँ माभ्रिकिस को टोलि: घनश्याम रोका मगर {कप्तान} ,सागर चौधरि, लाल मोहर यादव, मिजानुर राहमान [बि], साहारत पेच्छुई [बि],रोइनग्रोम च्याटाउरोहसिन [बि], सोहिल स्लाम, मेघराज गिरि, दुर्गेश्वर कोइरि, राहुल कुमार रे, एलेक्स साहनी, प्रमोद श्रेष्ठ, भोला यादव र विनय कुमार कोइरि। मुख्य प्रशिक्षक- अलोक सिंह र सहायक प्रशिक्षक – सरोज कुमार सिंह ।
पोखरा लेकर्सको टोलि : प्रदिप मिजार {कप्तान} सुसिल राम लुहार, भुवन बोहोरा विरेन्द्र कुवर कमल गिरि सन्देश तामाङ जितेन्द्र अवस्थि रोसन श्रेष्ठ रविन कुवर नागेश्वर थारु सर्मन प्रजापति भुपेन्द्र बोहोरा मोनिरुल चौधरि [बि] र साबुज मिया [बि]। मुख्य प्रशिक्षक- विष्णु दत्त भट्ट र सहायक प्रशिक्षक – राजाराम पेरियापुलियान ।
एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।


