काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ।

राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। खेल यही माघ ७ गते देखि प्रारम्भ हुँदैछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आएका गायक आनन्द कार्कीले खेल र खेलमैदानले देशको इज्जत राख्ने बताए। उनले खेलमैदानलाई सबै मिलेर व्यवस्थित बनाउनुपर्ने बताए।

उनले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। खेलकुद क्षेत्र र संगीत मिलेर अगाडी बढे देशमा एक किसिमको राम्रो सन्देश दिन सकिन्छ।’‘खेलमैदान हाम्रो देशको इज्जत हो। यसलाई सबै मिलेर बनाउनुपर्छ। सरकारको तर्फबाट होस् या नीजि क्षेत्रबाट होस् सबै मिलेर काम गर्नुपर्छ। यो हाम्रो आवश्यकता पनि हो। हाम्रो राम्रो ग्राउड नै छैन। यसलाई व्यवस्थित हिसाबमा लिएर जानुपर्छ।’

अर्का कलाकार विमलराज क्षेत्रीले नेपाललाई खेलकुद हब बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘खेलकुद र संगीत दुबै क्षेत्रमा आकर्षण छ। खेल र गीत संगीतले मनोरञ्जन दिन्छ। तनावहरुलाई कम गर्छ। त्यही भएरपनि नेपाललाई खेलकुद हब बनाउनुपर्छ। वातावरणीय हिसाबले पनि नेपालमा हरेक सिजनमा हरेक गेमहरु आउट डोर खेल्न सकिन्छ।’

नेविसंघका अध्यक्ष दोजुङ शेर्पाले क्रिकेट प्रतियोगितामामार्फत जलवायु परिवर्तनले गर्दा नेपाललाई परेको असर र लागूपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई चेतना फैलाउने बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितामा तीनवटा देशका विश्वविद्यालयहरु सहभागी हुँदैछन्।

नेपाल, भारत र बङगलादेशका विभिन्न विश्वविद्यालयहरु सहभागी हुँदैछन्। यसले नेपालको ग्रास लेबलका क्रिकेटरहरु अर्थात विद्यार्थीहरुले आफ्नो क्षमतालाई प्रदर्शन गर्न पाउनु भएको छैन्। त्यसका लागि हामीले मैदान बनाएका हौं। सँगसँगै अहिले बढ्दो जलवायु परिवर्तनले गर्दा सबैभन्दा बढी असर नेपाललाई परेको छ। यसैमार्फत संसारलाई म्यासेज दिनुपर्छ साथै अहिले बच्चाहरु लागुपदार्थ दुव्र्यसनीमा लागेको देखिन्छ। त्यसैका लागि पनि प्रतियोगिताले सन्देश दिनेछ।’

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile