काठमाडौँ- लगातार पराजय व्यहोरिरहेको विभागिय टोलि त्रीभुवन आर्मी क्लबले एन्फा यू-१६ युथ लिगमा अर्को पराजय व्यहोरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा आर्मी संकटा क्लबसंग ४-० गोलले पराजित भएको हो।
संकटालाई जीताउन एल्सन राई गुन्दास सुनुवार,कुलदेव तितुङ र पेम्बा तामाङले समान १-१ गोल गरे।
यसअघिका ४ खेलमा ३१ गोल व्यहोरेको आर्मीले संकटाविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गरेको हो। आर्मीले थ्री स्टारसंग १० – ० गोलको पराजय व्यहोर्दा चर्च बोइजसंग ११-१ को गोलअन्तरले पराजित भएको थियो।
जीतपछि संकटाले ५ खेलबाट ८ अंक बटुलेको छ। संकटाले दुई खेलमा बराबरि खेल्दा १ खेलमा पराजित भएको थियो। लिगको पहिलो खेलमै संकटाले चर्च बोइजसंग पराजय व्यहोरेको थियो।
आर्मी लिगमा जीतविहिन रहदै अंकविहिन पुच्छारमा रहेको छ।

