काठमाडौँ- केहि दिनअघि मात्रै स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनाले कोपा डेल रे मा शानदार जीत निकालेको छ। जीतपछि बार्सा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बार्साले राति भएको अन्तिम १६ को खेलमा रियल बेटिसलाई ५-१ गोलले पराजित गरेको हो।
बार्सालाई फराकिलो जीत दिलाउन लामिन यमल, राफिन्हा, गाभि, कोन्डे र फेरान टोरेसले समान १-१ गोल गरे।
त्यस्तै अन्य खेलहरुमा एथ्लेटिको मड्रिड, गेटाफे, लेगानेस र भ्यनलेन्सियाले पनि जीत निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका छन्।

